काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन् । आज अर्थ मन्त्रालयमा भएको छलफलका क्रममा निजी क्षेत्रको सुरक्षा प्रत्याभूति तथा लगानीमैत्री वातावरण निर्माणका लागि अब कसरी अघि बढ्न सकिन्छ भनेर छलफल भएको नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए ।