बडादशैंको टीकाको उत्तम साइत १६ गते बिहान ११ः५३ बजे

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको बडादशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे रहेको जनाएको छ । समितिले विजया दशमीका दिन बिहान ९ः२३ बजे देवी विसर्जनको साइत निकालेको छ । यस्तै टीका लगाउँदा पूर्व दिशा फर्किनुपर्ने उल्लेख छ । यस्तै, २०८२ सालको बडादशैं सुरुवात असोज ६ गतेदेखि हुन्छ ।