काठमाडौं । काठमाडौं जिल्ला अदालतले पत्रकार दिलभूषण पाठकलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । समाचार सम्प्रेषण गरेकै आधारमा साइबर अपराधको मुद्दा खेपेका पत्रकार पाठक बिहीबार जिल्ला अदालत, काठमाडौंमा उपस्थित भएका थिए । उनको बयान भएर आजै थुनछेक बहस भएको थियो ।