काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले प्रतिनिधिसभाको शनिबारको बैठकमा बोल्दै सरकारले मानव तस्करीमा संलग्न गिरोहलाई संरक्षण गरिरहेको आरोप लगाएका छन् । सांसद पराजुलीले सरकार सञ्चालन गरिरहेका दलका नेताहरू नै मानव तस्करी जस्ता गम्भीर अपराधमा संलग्न रहेको उल्लेख गर्दै, यो कार्यले नेपाली जनताको सम्मान र स्वाभिमानमा ठेस पुगेको बताएका हुन् ।