काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६ दिने स्पेन भ्रमणबारे संसदमा जानकारी गराएका छन् । शनिबार प्रतिनिधिसभाको बैठकमा ओलीले आफ्नो ६ दिने स्पेन भ्रमणबारे संसदमा जानकारी गराएका हुन् । भ्रमणका क्रममा राष्ट्रिय हित र मर्यादालाई माथि उठाउने गरी प्रस्तुत हुने प्रधानमन्त्रीको भनाइ छ ।