काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले २०८१ असार ३१ मा खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । तर, करिब एक वर्ष पुग्नै लाग्दा पनि मन्त्री यादवले मन्त्रालयको नेतृत्वमा उल्लेखनीय कुनै ठोस कार्य गर्न सकेका छैनन् । उद्योग, पूर्वाधार, तथा जनसरोकारको संवेदनशील क्षेत्र मानिने खानेपानी मन्त्रालयको जिम्मा लिएपनि मन्त्री यादवको कार्यकाल सन्तोसजनक देखिदैन् ।