जेनजी आन्दोलन: ६८ वटा बैंकको शाखा कार्यालयमा आक्रमण

काठमाडौं । जेनजी पुस्ताको आन्दोलन हिंसात्मक भएपछि देशभर ६८ वटा बैंकहरुको शाखा कार्यालयहरूमा आक्रमण भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्व पौडेलले जेनजी आन्दोलनका क्रममा बैंकहरुको कार्यालयहरूमा आक्रमण भएपनि बैंकिङ प्रणाली भने सबै ठिकठाक रहेको जानकारी दिए । उनका अनुसार देशभरका विभिन्न ६९ वटा एटिएममा क्षति भएको छ ।