काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सिएनआईवाईएफ)ले पहिलोपटक टर्कीमा अन्तर्राष्ट्रिय बीटूबी भ्रमण गरेको छ। नेपालका युवा उद्यमीहरूलाई अन्तर्राष्ट्रिय बजारमा जोड्ने, आपसी व्यापारिक सहकार्यको सम्भावना खोज्ने र नेपालको उद्यमशीलतालाई विश्वव्यापी रुपमा प्रवर्द्धन गर्ने उद्देश्यका साथ यो भ्रमण भएको हो।