सुदूरपश्चिममा निजी क्षेत्रलाई साथ लिएर लगानीमैत्री वातावरण बनाउन चाहेका छौँः मुख्यमन्त्री शाह

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले सुदूरपश्चिममा लगानीमैत्री वातावरण बनाउन चाहेको बताएका छन् । नेपाल उद्योग परिसङ्घ सुदूरपश्चिम प्रदेश समितिले आज धनगढीमा आयोजना गरेको प्रदेश कार्यालय उद्घाटन तथा पदस्थापन कार्यक्रममा उनले संघसंस्थालाई साथमा लिएर सरकारले लगानीमैत्री वातावरण निर्माण प्रकृया अगाडि बढाएको बताए ।