बीमा प्राधिकरणले भन्यो–सबै बीमा कम्पनीहरु आजैदेखि सञ्चालन गर्नु

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आज (आइतबार) देखि सबै बीमा कम्पनी र तिनका सबै शाखा कार्यालय सञ्चालनमा ल्याउन निर्देशन दिएको छ । प्राधिकरणले ‘जेनजी’ आन्दोलनका कारण उत्पन्न संकट विस्तारै सामान्य हुँदै गएकाले भौतिक रुपमै कार्यालय सञ्चालन गर्न भनेको हो । प्राधिकरणले भौतिक रूपमा कार्यालयमा उपस्थित भएर काम गर्न कर्मचारीलाई निर्देशन दिएको छ ।