सामान्य घटेको सुन प्रतितोला २ लाख १५ हजार १०० रुपैयाँमा कारोबार

काठमाडौं। नेपाली बजारमा आइतबार सुनको मूल्यमा सामान्य गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन शुक्रबारको तुलनामा सुनको मूल्य ७०० रुपैयाँ घटेको हो । मूल्य घटेसँगै आइतबार सुन प्रतितोला २ लाख १५ हजार १०० रुपैयाँ कायम भएको हो।