काठमाडौं । चीनले नेपालको अन्तरिम सरकारको प्रथम महिला प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएकामा बधाई ज्ञापन गरेको छ। साथै पारस्परिक सम्बन्धलाई अझ सुदृढ बनाउन सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । नेपालको अन्तरिम प्रधानमन्त्रीका रूपमा कार्कीले शुक्रबार शपथ लिएको सन्दर्भमा विदेश मन्त्रालयका प्रवक्तासँग पत्रकारले गरेको प्रश्नको जवाफमा चीनले प्रधानमन्त्री कार्कीलाई बधाई दिएको हो ।