प्रधानमन्त्रीद्वारा आन्दोलनमा ज्यान गुमाएकालाई सहिद घोषणा सहित १० लाख रुपैयाँ दिने निर्णय

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन् । शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी कार्कीले आज बिहान सिंहदरबारमा पदभार ग्रहण गरेकी हुन्। त्यसअघि उनले आज बिहान लैनचौरस्थित शहीद स्मारक पुगेर माल्यार्पण गरेकी थिइन् ।