काठमाडौं । यामाहा नेपालले काठमाडौंको गोंगबुमा (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) सहितको सुविधा भएको शोरुम मोटो क्राफ्ट्स प्रा.लि सञ्चालनमा ल्याएको छ। उक्त शोरुमको उद्घाटन टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, एमएडब्ल्यू ग्रुप अफ कम्पनीजका समूह निर्देशक गोपाल कुमार अग्रवाल र एमएडब्ल्यू राइड्स प्रा. लि. का कार्यकारी निर्देशक तथा सीईओ दीपक कुमार अग्रवालको उपस्थितिमा गरिएको हो ।