काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेपछि देशभरबाट सकारात्मक प्रतिक्रिया आउन थालेका छन् ‘देशले अब आमा पायो’ भन्ने सर्वसाधारणको भनाइले जनभावनाको प्रतिनिधित्व गरेको देखिन्छ । जेन–जीको नेतृत्वमा भएको युवा आन्दोलनले निर्णायक मोड लिँदै देशमा राजनीतिक परिवर्तन ल्याएको छ ।