इजरायलले युद्धविराम प्रस्तावमा सहमति जनाएपछि तेलको मूल्य पाँच प्रतिशतले घट्यो

काठमाडाैं । इजरायलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानसँग द्विपक्षीय युद्धविरामको प्रस्तावमा सहमति जनाएको बताएपछि मङ्गलबार तेलको मूल्य पाँच प्रतिशतभन्दा बढीले घटेको छ । इजराइल र यसको कट्टर शत्रु इरानबीच १२ दिने युद्धपछि ऊर्जा बजारको झट्काको डर कम भएको छ ।