प्रतिनिधि सभाबाट बहुमतले पास भयो आगामी आर्थिक वर्षको बजेट

काठमाडाैं । सरकारले आगामी आर्थिक वर्ष २०८१-०८२ को बजेट प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ । मंगलबार बसेको प्रतिनिधि सभाबाट बजेट बहुमतिले पारित भएको हो । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन विद्येयक २०८१लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । सभामुख देवराज घिमिरेले सो प्रस्तावलाई निर्णयार्थ पेस गर्दा बहुमतले पारित गरेको हो ।