खर्च कटौतीका २३ प्रस्ताव बहुमतले अस्वीकार

काठमाडौं । प्रतिनिधिसभा आजको बैठकले खर्च कटौतीका विभिन्न २३ प्रस्तावलाई बहुमतले अस्वीकार गरेको छ । मंगलबार बसेको बैठकमा सांसदहरू डा अमरेशकुमार सिंह, प्रभु साह, दुर्गा राई, प्रेम सुवाल, अमलनलाल मोदी, जनार्दन शर्मा, बिमला सुवेदी, रेखा शर्मा, चित्रबहादुर केसी, शक्ति बस्नेत, हितराज पाण्डे, रामकुमार राई, देवेन्द्र पौडेल, माधव सापकोटाको प्रस्ताव अस्वीकृत भएको छ ।