सुरक्षासम्बन्धी भारत–नेपाल परामर्श समूहको सोह्रौँ बैठकमा केके भयो छलफल ?

काठमाडौं । सुरक्षासम्बन्धी भारत–नेपाल द्विपक्षीय परामर्श समूह (आईएनबिसिजिएसआई) को सोह्रौँ बैठक असार ९–१० गते भारतको पुणेमा सम्पन्न भएको छ । भारतीय प्रतिनिधिमण्डलको नेतृत्व भारत सरकार विदेश मन्त्रालयका अतिरिक्त सचिव (उत्तर) मुनु महावरले गरेका थिए भने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र मन्त्रालयका सहसचिव (दक्षिण एसिया) गेहेन्द्र राजभण्डारीले गरेका हुन् ।