बर्दिवासद्वारा एक अर्ब २२ करोड ४० लाखको बजेट सार्वजनिक

धनुषा । बर्दिवास नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२-८३ का लागि रु एक अर्ब २२ करोड ४० लाख १० हजारको बजेट प्रस्तुत गरेको छ । आज नगरसभाको १६ औँ अधिवेशनमा उपप्रमुख तारादेवी महतोले पूर्वाधार विकास, वडास्तरीय योजना र सामाजिक क्षेत्रलाई प्राथमिकता दिँदै बजेट सार्वजनिक गरेका छन् ।