एसईईपछिका विद्यार्थीहरूको राष्ट्रिय वेबसाइट प्रतियोगिता सम्पन्न: प्रसुन भट्ट प्रथम, ९८१ वेबसाइटमध्ये उत्कृष्ट ३ घोषणा

काठमाडौं । एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरूका लागि आयोजित ‘Website Design & Development Competition 2081’ को फाइनल नतिजा सार्वजनिक गरिएको छ। आइतबार काठमाडौंको नाचघर, जमलमा आयोजित भव्य कार्यक्रममार्फत प्रतियोगिताको उत्कृष्ट ३ विजेताको घोषणा गरियो। लाइफ कम्प्युटरको आयोजनामा भएको यो राष्ट्रिय प्रतियोगितामा कुल ९८१ वटा वेबसाइटहरू प्राप्त भएका थिए।