भिजिट भिसा प्रकरण :पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन

काठमाडौं । सरकारले भिजिट भिसाको दुरुपयोगसम्बन्धी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा समिति गठन गर्ने निर्णय गरेको हो। एक मन्त्रीका अनुसार छानबिन समितिमा सम्बन्धित मन्त्रालयका सहसचिवहरू सदस्य रहने छन्। समितिलाई ३० दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ।