छिमेकीले जाेगाउन हरदम गरे जाेगिएन गर्भनरको घर, निशानामा थिए विष्णु पौडेल

काठमाडौं । ललितपुरको भैंसैपाटीमा नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौैडेल र अर्थमन्त्री विष्णु पौडेल छिमेकी हुन् । घर सँगै नजोडिएपनि आसपास नै छन् । मंगलबार जेनजी आन्दोलनकारीहरुले भैंसेपाटीको प्रहरी कार्यालयमा आगजनीपछि विष्णु पौडेलको घरतिर मोडिए । उनको घरमा तोडफोड र आगजनी गरे । मुख्य निशानामा रहेका पौडेलको घर क्षणभरमै दनदनी बलेको प्रत्यक्षदर्शीहरु बताउँछन् ।