संविधानको आधारमा जेनजीको माग सम्बोधन गर्नुपर्नेमा जोड

काठमाडौं । विभिन्न पार्टीनिकट विद्यार्थी सङ्गठनका १२ जना पूर्वअध्यक्षलगायतका विद्यार्थी नेताहरुले संविधानका आधारमा ‘जेनजी’ युवाको माग सम्बोधन गर्नुपर्ने धारणा राखेका छन् । उनीहरुले आज प्रेस विज्ञप्ति जारी गरी संसदबाटै राजनीतिक निकास खोज्दै संसद्भित्रबाटै नयाँ सरकार गठन गरी निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड दिएका हुन् ।