भरतपुर महानगरको बजेट पाँच अर्ब १९ करोड,क्रिकेट रङ्गशालाको अधुरो कार्य सम्पन्न ४ करोड

चितवन । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि रु पाँच अर्ब १९ करोड ७१ लाख ६६ हजार बजेट प्रस्तुत गरेको छ । महानगरको १७औँ नगरसभामा उपप्रमुख चित्रसेन अधिकारीले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्नुभएको हो ।