फोटोन टुनल्यान्ड G7: कठिन भूभाग पार गर्ने विश्वकै पहिलो पिकअप अब नेपालमा

काठमाडौं । विश्वकै पहिलोपटक २३ दिनभित्र आठवटा अग्ला र कठिन अफ-रोड भूभागहरू पार गरेर इतिहास रच्न सफल फोटोन टुनल्यान्ड G7 अब नेपालमा औपचारिक रूपमा सार्वजनिक गरिएको छ। पुलचोकस्थित ‘द प्लाजा’मा सम्पन्न भव्य कार्यक्रममार्फत फोटोनको यस अत्याधुनिक पिकअप गाडीको नेपाली यात्राको औपचारिक सुरुवात गरिएको हो।