आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै 

काठमाडौं । संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको ७९ औँ बैठक आज बस्दैछ । बैठक सोमबार दिनको १ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्ने भएको हो ।  आज बस्ने बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।