काठमाडौं । ‘जेनजी’ पुस्ताको प्रदर्शनका क्रममा सोमबार मृत्यु हुनेको संख्या १४ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयले विभिन्न अस्पतालसँगको समन्वयमा तयार पारेको तथ्यांकअनुसार, १४ जनाको मृत्यु भएको छ भने घाइते हुनेको संख्या १९४ जनाभन्दा बढी रहेको उल्लेख छ ।