काठमाडौं । जेन–जी आन्दोनमा सहभागी प्रदर्शनकारीहरुले एकीकृत समाजवादीको पार्टी कार्यालय तोडफोड गरेका छन् । काठमाडौंको माइतीघरबाट प्रारम्भ भएको प्रदर्शनको क्रममा प्रहरीसंग मुठभेड हुँदा प्रहरील चरम दमन गरेको छ । अन्धाधुन्द गोली चलेपछि तितरवितर बनेका आक्रोसित प्रर्दशनकारी झन् आन्दोलित बनेका थिए । सोही क्रममा प्रदर्शनकारीहरुले नेकपा समाजवादीको पार्टी कार्यालय तीनकुने पुगेर तोडफोड गरेका हुन् ।