रुपन्देहीमा पनि कर्फ्यु , जुलुस, सभा प्रर्दशन गर्न रोक 

काठमाडौं । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले पनि कर्फ्यु जारी गरेको छ । आज अपराह्न चार बजेदेखि राति १० बजेसम्म प्रशासनले कर्फ्य लगाएको हो । प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेले बुटवलदेखि भैरहवासम्मको क्षेत्रमा कर्फ्यू जारी गरेको जानकारी दिए । सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्धविरुद्ध जेनजी युवाहरुले प्रदर्शन गरेका थिए ।