काठमाडौं । नेपालको सबैभन्दा ठूलो दुई–पाङ्ग्रे एक्सचेन्ज महोत्सव, ‘यामाहा ब्लु फेस्ट’ सुरु भएको छ । आज हत्तिसारस्थित जय नेपाल सिनेमा हलमा यामाहा ब्लु फेस्ट सुरु गरिएको हो । उत्कृष्ट अफर, रोमाञ्चक अनुभवहरू र यामाहा कम्पनीको शैली र प्रदर्शनको पहिचानसँगै यस पर्वले सहरभरिका बाइक र स्कुटर प्रेमीहरूको उत्साह दोब्बर बनाउने बाचा गरेको छ।