काठमाडाैं । खेललाई व्यवसायिकरण गर्नुपर्छ त्यसपछि मात्र खेलाडीहरुले खेलबाट नै सुनिश्चित भविष्यको परिकल्पना गर्न सक्छन् भन्ने मान्यता राख्छन्, सगुन थापा मगर । बाल्यवस्थामा फुटबलमा लगाव रहेका मगरले जिल्लाबाट माथि उठ्न नसक्दाको पीडा मनमा गडेर रहेको बताउँछन् । सानै उमेरबाट परिवारको बोझ धान्नुपर्ने बाध्यता आइलागेपछि पुर्खाैली पेशालाई सम्हाल्नु पर्दा आफ्नो रुचीलाई बिचमै छाड्नुपरेको थियो ।