काठमाडौं । नेकपा माओवादी केन्द्रले दर्ता अटेर अगेका सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने सरकारको निर्णयको विरोध गरेको छ । आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेसबुकबाट आफूहरू सामाजिक सञ्जाल नियमनको पक्षमा रहेको तर नियन्त्रण गर्न नहुने बताए ।