बढ्दै मानव बेचबिखनको सञ्जाल

काठमाडौं । पहिला मानव बेचबिखन भन्ने बित्तिकै यौन शोषणका लागि महिलालाई बेचिन्छन् भन्ने थियो तर अहिले सूचना प्रविधिको विकाससँगै मानव बेचखिनका स्वरुपहरु पनि फेरिएका छन् । अहिले पढे लेखेका महिला/पुरुष पनि बेचिने गरेका छन् । मानव अङ्ग बेचबिखन गर्नका लागि पनि मानवको तस्कर हुने गरेको छ ।