अमेरिकाले अटो र अन्य सामानमा लगाएको भन्सार शुल्क १५% झारेपछि जापानको अटो बजारलाई राहत

काठमाडौं । जापानका प्रधानमन्त्री शिगेरु इशिबाले अटोमोबाइल र अन्य जापानी आयातमा कम भन्सार शुल्क लागू गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयलाई स्वागत गरेका छन् । उनले यसलाई प्रमुख उद्योगहरूले भोगिरहेको अनिश्चितता हटाउने कदमका रूपमा व्याख्या गरेका छन् ।