काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले संविधानले केन्द्र, प्रदेश र स्थानीय तहलाई दिएको साझा अधिकार कार्यान्वयनमा स्पष्ट नीति आवश्यक रहेको बताएकी छिन्। आज काठमाडौंमा आयोजित ‘गाउँगाउँमा सिंहदरबार’ नामक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले साझा अधिकार कार्यान्वयनका क्रममा स्पष्ट कानुन नहुँदा समस्या देखिएको बताइन् ।