काठमाडौं । दोस्रो राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलन शनिबार काठमाडौंको होटल हिमालयमा हुने भएको छ । भोलीदेखि हुने सम्मेलन डिजिटल मिडिया फाउन्डेसनले आयोजना गर्दैछ भने इन्टरनेट सोसाइटी नेपाल शाखा, युएनडिपी नेपाल, युनेस्को काठमाडौं, डिजिटल फ्रिडम कोलिसन, रोबोटिक एसोसिएसन नेपाल र डिजिटल राइट्स नेपालको सहकार्यमा सम्पन्न हुनेछ ।