काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटलाई लिएर नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको सहकार्यमा कुनै असर नपर्ने स्पष्ट पारेका छन्। प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री पौडेलले बजेटको विषयमा अनावश्यक रूपमा कांग्रेस र एमालेबीच दूरी बढाउने प्रयास भइरहेको दाबी गरे।