काठमाडौं । वैदिक अनुसन्धान गुठी (वाग) र नेपालबाहिर पुनर्वास भएका सनातनी हिन्दूहरूको संस्था विश्व भुटानी हिन्दू सङ्गठन, अमेरिकाबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । काठमाडौँको गौरीघाटस्थित गुठीको केन्द्रीय कार्यालयमा आज अध्यक्ष डा स्वामी केशवानन्दको समुपस्थितिमा सङ्गठनका अध्यक्ष कमल धिमाल र गुठीका महासचिव सुशील थापाले समझदारीपत्रमा हस्ताक्षर गरे ।