काठमाडौं ।दरबारमार्गस्थित हार्ड रक क्याफे काठमाडौंले आफ्नो ५४औँ वार्षिकोत्सव विशेष कार्यक्रमको आयोजना गरी मनाएको छ। शनिबार आयोजित कार्यक्रममा क्याफेले नेपाली स्वाद समेटिएको ‘छोयला बर्गर’ सार्वजनिक गरेको छ। हार्ड रक क्याफे विश्वभर एकसाथ मनाइने वार्षिकोत्सवको यो ५४औँ संस्करण हो।