पार्टी महाधिवेशन २०८३ मा हुनेमा महामन्त्री थापा विश्वस्त

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसको महाधिवेशन २०८३ मङ्सिरअगावै हुनेमा आफू विश्वस्त रहेको बताए । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ प्रदेश (क)को तेस्रो प्रदेशसभा क्षेत्रीय सम्मेलन तथा प्रशिक्षण कार्यक्रममा उहाँले पार्टीको महाधिवेशन विसं २०८३ मङ्सिरअगावै हुने बताए ।