कास्की। पोखरामा यही भदौ २० गतेदेखि सञ्चालन हुने दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) को ट्रफी सार्वजनिक गरिएको छ । देशको पर्यटकीय राजधानी पोखरास्थित फेवाताल किनारस्थित बाराहीघाटमा एक कार्यक्रम आयोजना गरी ट्रफी सार्वजनिक गरिएको हो । इन्फिनिटी ड्रिम्स प्रालीको आयोजनामा पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्डहलमा हुने लिग भदौ २८ सम्म चल्नेछ ।