काठमाडौं । नेपालका लागि अल्ट्राभायोलेट बाइकको आधिकारिक वितरक केडिया इन्टरनेसनलले अल्ट्राभायोलेट एफ७७ बाइकमा आकर्षक अफर ल्याएको छ । कम्पनीले १० लाख ७५ हजार रुपैयाँ मूल्यको सो बाइक अब २ लाख रुपैयाँ डाउन पेमेन्टमै उपलब्ध गराउने भएको हो । सो अफरमा कुनै पनि ब्रान्डको पुरानो बाइकसँग अल्ट्राभायोलेट एफ७७ बाइक साट्न सकिने छ ।