सोलुखुम्बुमा बाढीले पाँच घर बगायो

सन्तोष राउत सोलुखुम्बु, भदौ १६ गते । अविरल वर्षाले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ मा गएराती आएको बाढीले पाँच घर पूर्णरूपमा बगाएको छ भने छवटा घरमा आंशिक क्षति भएको छ ।