काठमाडौं। सिटी एक्सप्रेस मनि ट्रान्सफरले दसैँ तिहार र छठ पर्वलाई लक्षित गर्दै आकर्षक उपहार योजना सार्वजनिक गरेको छ। ‘यो दशैं–तिहारमा सिटी एक्सप्रेसको साथ, हरेक हप्ता १ लाख’ नामक योजना लगातार ९ हप्ता सञ्चालन हुने सिटी एक्सप्रेसले जनाएको छ। योजनाअन्तर्गत लक्की ड्रमार्फत हरेक हप्ता १ जनाले १ लाख रुपैयाँ पाउन सक्नेछन् ।