काठमाडौं । सनराइज होल्डिङ्सले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्न लागेको छ । कम्पनीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित मूल्य दरका २४ लाख कित्ता सेयर जारी गर्न कम्पनीले २४ करोड रुपैयाँ छुट्याएको जनाएको छ । कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।