प्रधानमन्त्री ओली र रुसी महासङ्घका राष्ट्रपति पुटिनबीच भेटवार्ता

थियानजिन । साङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनका लागि चीनको थियानजिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र रुसी महासङ्घका राष्ट्रपति भ्लादिमीर पुटिनबीच आज भेटवार्ता भएको छ । उनीहरुबीच दुई देशको आपसी सम्बन्धका विविध आयामबारे कुराकानी भएको छ ।