कुमारी बैंकका ग्राहकले गुर्जुधारा ट्रायल सेन्टरमा १५ प्रतिशत छुट पाउने

काठमाडौं । कुमारी बैंक लिमिटेड र गुर्जुधारास्थित भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रा.लि.(गुर्जुधारा ट्रायल सेन्टर) बीच सेवा छुट सम्बन्धमा सम्झौता भएको छ । कुमारी बैंक लिमिटेडका ग्राहकवर्गलाई अब एकेडेमीबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने गरी सम्झौता भएको हो ।