म्याग्दे गाउँपालिकाका ६६ श्रमिक मजदुर कोषमा सूचिकृत

दमौली । जिल्लाको म्याग्दे गाउँपालिकाले ६६ श्रमिकलाई मजदुर कोषमा सूचीकृत गरेको छ । श्रमिकलाई मजदुर सञ्चित कोषमा सूचीकृत गर्ने म्याग्दे गण्डकी प्रदेशमा दोस्रो पालिका बनेको हो । गाउँपालिकाले अनौपचारिक क्षेत्रमा कार्यरत ६६ जना मजदुरलाई उक्त कोष आबद्ध गराएको हो ।