काठमाडौं । एमक्यूबले बीवाईडीसँगको साझेदारीमा आयोजना गरेको ‘काठमाडौं क्रोनिकल्स’ कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम संस्कृति, सहकार्य र अन्वेषणको जीवन्त उत्सवसँगै समापन गरिएको थियो। एमक्यूब नेपालको मौलिक कार्यक्रमका रूपमा मेरिएट काठमाडौंमा सम्पन्न भएको यस पहलले सम्मेलन हल बाहिर गएर नेपालकै जीवन्त सम्पदामाझ सम्बन्ध र साझेदारीको अवधारणालाई विस्तार गर्न सफल भएको कम्पनीको भनाइ छ।